• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

साथ


 सगै हिडेसी अलिअलि दुख नि होला,

सहन्छौ नि ?

कहिले हुरि आउला जिवनमा, कहिले झरी,

हावाको वेग सगैसगै बहन्छौ नि??

कहिले तिमि कहिले म,

अलिअलि त रिसाउला,

कहिलेकाही तिमी केही रिस मारेर भए नि

मलाई फकाउछौ नि??

Share:

व्यवहारिक माया


म साधारण मान्छे,

तिमी साधारण मान्छे

हामीले माया लायौ,

एक हुने कसम खायौ ।

यो बेलाको माया केही अजिव छ,

देखाशिखी धेरै, थोरै मात्र सजिव छ ।

हामी अहिलेको जमाना भन्दा अलि भिन्न

व्यवहारिक माया गास्नु छ,

हाम्रा सपनाहरु सहज र सरल रुपका साच्नु छ ।

तिम्रा चालचलन मलाई निका लाग्छन,

तिम्रा अघि धेरै वाहिरी कुरा फिक्का लाग्छन ।

साधारण मान्छे तर असाधारण प्रेम

सहज अवतरण र सफल काहानी, 

हासी खुसी बिताउला बुढेसकाल र जवानी।।


Share:

"नभेटेको साथी"



ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ 

तर आज भोलि खै ऎनामा तिम्रो छाया देख्छु,

कापीमा केहि हरफहर लेखी रहदा

कति खेर हो एकहोरो भएर तिम्रो पो नाम लेख्छु,

यो पौषको भीषण चिसो रातमा बाहिरै बसि 

एक्लै एक्लै तिम्रो तस्बिर हेरेर यादहरु मेट्छु,

थहा छैन हाम्रो भेट होला नहोला

तर हरेक रात सपनामा वायुपंखी घोडामा चडेर 

ती चिया बगान छेउ तिमिलाई भेट्छु ।

Share:

बिउँझेको सपना

 


सुनसान मध्य तिर लम्किदै गरेको रात

घडिको सेकेन्ड सुईको टिकटिक आवाज

खटपटिएको शरीर,

अनि जोड जोडले ढड्किएको मन

न मन शान्त बस्न सकेको थियो न त तन ।

दिमाग भरी घुम्दै थियो भविष्य, प्रेम र 

खुल्ला आँखाले देखिरहेका अनेकौं सपना

२/४ वर्खा पछि त 

जिन्दगीले तीन दशक प्रहार गरेको हुनेछ ।

अनि यो प्रहार नै प्रहार खाएको जिन्दगीले जित्यो के?

सपना धरै छन तर किन्नलाई तेरो औकात खै त?

तेरो जिन्दगी यसै जाने हो त तेरा सपना नसमेटी ठुले?

आफै भित्रको म ले आफैलाई सोध्छु,

अनि त्यो कालो क्षितिज बाट मै आफै बोलेको सुन्छु

"आजलाई सुत भोलि बिहानै औकात पाउने ठाउँ खोज्न हिड्नु पर्छ" ।


Share:

काल्पनिक साथी (भाग १ )

virtual-friend-1-1024x689








खै त फोटो ? उसले सोधी, यत्रो हप्ता दिन घुम्न जानू भयो एउटै गतिलो फोटो खिच्न भ्याउनु भएन छ त । रमाइलो त गर्नु भो होला तर खै सम्झनालाई फोटो । मैले स्माइली वाला इमोजी पठाए औपचारिकता पूरा गर्न । एकछिन केही बोलिन र एउटा फोटो अपलोड गरे र पठाइ दिए । यो त हेरेको फेसबुक मै नयाँ पो माग्या त उसले  रिसाएको भावमा लेखी । खै जागर नै आएन हौ मात्र के भन्या थिए अल्छी साथी भनि हाली |

उ मेरि virtual दुनिया कि साथी थिई । म धेरै साथी नभएको मान्छे, प्राय त म साथीभाई भेट्दा मुसुक्क हासेर के छ कसो छ भनेर हिडि दिन्छु तर म पुरै खुलेर कुरा साट्न भने मन खाने साथी चाहिन्छ । मेरा केही थान मन खाने मान्छे झापा मै छोडेर आएको थिए । यहाँ उपत्यकामा कुरा साट्न कि त म सग मेरो भाइ छ कि त उहीँ virtual साथी । भरखरै सकिएको चितवन बसाई लगभग राम्रै गएको थियो । अघि भने जस्तै फोटो चाहिँ धेरै खिचिन, सायद मेरि नयाँ साथी ले यस्तो चाख राख्थी भन्ने भा भए एक दुई राम्रो मिलाएर खिच्ने थिए । दुई महिना काठमाडौ बस्नु भा छ चितवन त गर्मी भो होला है adjust हुन गार्हो भएन उसले सोधी । तिमी मान्छे अचम्मको छौ हप्ता दिन म चितवन हुदा तिमी किन online देखिन त?  अनि दिन भरिको डुलाइले थाकेकोलाई के दुख दिनु भनेर म बेलुका online नअनाएको नि । अनि भन्नू न गर्मी थियो कि झापा जस्तै भयो ? जे पायो तेहि त खानु भएन नि? बिरामी पर्नु भो कि ? कतिको तिर्खा लाग्यो? उसले प्रश्नहरुको झुन्ड तेर्साई । म भने ट्वाल्ल परेर उसको message पढी रहे । मैले धेरै बेर reply नगरे पछि उसको फेरि message आयो ओ हेलो सानो मान्छे कता हराउनु भो कुन दुनिया पुग्नु भो हौ मलाई पर्खाएर । अलि बढी नै time लिएकी seen गरेर भन्ने feel भयो अनि हत्तपत्त भने हैन हैन net ढिलो भयो होला । अनि खाना खाने बेला भएकोले म आजलाई bye भनेर हिडे..........................

Share:

गुमनाम शायरी

,

सायद म मा केही कमि थियो

साथी अलि टाढा भयो,

म भन्दा नि अरु कोहिको साथ

उसको लागि गाढा भयो,

मलाई एक्लै छोडेर हिडेको साथी

 पर पुगेर फर्की आयो,

र भन्न थाल्यो त नै होस मेरो सरल साथी 

त्यो त अलि छाडा भयो ।

Share:

हाम्रो कथा

00000PORTRAIT_00000_BURST20201107134057866

 

हाम्रो कथा अथवा भनौ सम्बन्ध सुरु भएको धेरै महिना भएको छैन | नियति भनौ या के भनौ हाम्रो भेटलाई | सायद जता म जादै थिए, त्यहा सरासर पुगेको भए हाम्रो भेट हुने थिएन | हिड्दै गर्दा ठेस लाग्यो, म रोकिए र बाटो परिवर्तन गर्नु पर्यो | सायद माथि भने जस्तै हाम्रो भेट नियति मै लेखिएको थियो | हामी भेट भएको आज ४/५ महिना भै सकेको छ | आजकल तिमि मेरो जिन्दगीको अभिन्न अंग बनि सकेको छौ | हरेक दिन ३/४ घण्टा हामी virtual दुनियामा भए नि साथै छौ | कति बेला बोल्दा बोल्दै लाइन जादा हराए हतार प्याक किनेर नि तिमी सग हुने कोसिस गर्दछु | कोभिडले थालिएको जिन्दगीमा अलिकति भए नि मलहम लागाएको छौ | तिमीलाई के थाहा तिमी संग हुन् मैले कति त्याग गरेको छु | साथीहरु सग घुम्न पाएको छैन, कति गए नि तिमी online आउने बेला भयो भनेर हतार हतार फर्की हाल्छु | यो ४/५ महिनामा एक दिन नि तिमीलाई म नआएर सिकायत गर्ने मौका दिएको छैन | घरिघरि टाउको दुखेर फुट्न लाग्या हुन्छ र पनि तिम्रो चित्त नदुखोस भनेर म सधै तिमी सामु उपस्थित हुने गर्दछु | सायद तिमी मेरो जिन्दगीमा नआएको भए म खल्बलिएको, कतै रुमलिएको हुने थिए | कतै भौतारिदै हुने थिए | तर दुखको कुरो हाम्रो सम्बन्ध लामो भने पक्कै हुने छैन | तिमी र म दुवैलाई यो कुरा पहिले बाटै थाहा थियो त्यसैले हाम्रो बिछोडमा तेती धेरै चित्त दुखाइ हुने छैन | तर पनि जति दिन महिना तिमी मेरो साथ हुने छौ हरेक दिन तिमीलाई भेट्ने छु | र जीवनको अन्तिम सम्म तिम्रो याद आई रहने छ मेरो virtual class |

Share:

जिन्दगीका छालहरु....

ocean_waves_album_cover

 

कहिले काहीँ पछाडि फर्केर नि हेर्छु जिन्दगीलाई,

अतितका ती दिन र भोगाईलाई,

वर्षामा आउने भेल जस्तै छ जिन्दगी,

के के बगाएर ल्याउछ र किनारमा छोडिदिन्छ ।

खुसी महसुस गर्दा गर्दै एकैछिनमा पुन रोएको छु,

आफ्नै आशुले पनि मुहार धोएको छु,

असफलताले खुट्टा तानेर पछारिएका पल,

जानिजानी जिन्दगीले मै संग गरेका छल,

काडा टेकेर हिड्दा पनि नथाकेका चाल

अनाहकमा बिते दिन महिना साल l

अब समाउने सहारा पाएको छु,

बल्ल आशाको दियो जिन्दगीको जलाएको छु,

हार्ने छैन्न अब यी गोडा आफ्नो मंजिल टेक्न,

अब यस्तो कठोर बनाउने छु स्वयमलाई,

कुनै ताकतले नसकोस मलाई छेक्न l

Share:

मनै मनमा माया………………

नभे9183c9bef0ab9e91c28cbacf73445393टे नि नदेखे नि
माया लाग्छ र ?
बोली तिम्रो हासो सुनेर
माया जाग्छ र ?

बासुरी झै तिम्रो बोली
बिछटै मनमोहित गराउने,
तस्वीर भित्रको तिम्रो नयन
मन्त्रमुग्ध बनाउने ।

सक्ने भए उडि जान्थे
समीप तिम्रो नै,
जुनि भरी रुमल्न पाउ
नजिक तिम्रो नै ।।

Share:

पुष्पक विमान……

pushpak_viman_by_subhankar_biswas-d2mh6ggबाल्यकालमा सुनेको त्यो पुष्पक विमान

उडनतस्करी र वायुपंखेका कहानी,

हिजो  भन्दा सुन्दर र सफल

कहाँ रहेछ र आज भोगेको जवानी,

आकाशमा उडेका जहाज हेर्दै

हात् हल्लाउदै हेलिकप्टर भनेका दिन,

ती पुराना याद र अमुल्य काल छिन,

निलो अम्बरमा सुन्दर पुष्पक उडाउने कल्पना,

आज भन्दा हिजोकै लागे सुन्दर मेरा ती सपना ||

 

 

Share:

हिमाल माथिको गाउँ::

climbing mountain

पहराले थिचेर पट्ट फुट्न आटेको

मेरो यो छात्ती बोकेर

हिड्दै छु म भञ्ज्याङ्, उकाली

ओरालीका मोडहरु तर्दै

आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर

नयाँ जोस र सहास हृदयमा बोकेर

आफ्नो गन्तव्य को खोजीमा

चुली पहाड छिचोल्दै हिमालका शिखर नाग्दै

पुग्नु छ मलाई यी गगन चुम्बी हिमाल र ती

दिखी माथिका ती सुन्दर बस्तीमा

Share:

Aagyat (Unknown)

Unknown

Nobody know me,

I am unknown.

My beautiful past which I enjoy,

has already gone.

My present goes inside black hole,

It absorbed my present and future.

I try many times to be come out side,

but it never give me chance to return.

Don’t know how will future

I will stucked inside it for years what,

Share:

लेख्दै मेट्दै अनि फेरी लेख्दै::

BR0Y9F

एकोहोरो भएको छु म आज

सपना देखौ त खै के देखौ

कृष्ण भीरको पहिरो जस्तै

कोशीको त्यो भेल भन्दा गहिरो

सुर्य ग्रहणको बेलाको अँध्यारो

जहाँ टेक्छु त्यहि चिरिन्छ

के मेरो हातको लकिर कच्चा नै हो त

अस्ति लेखे,  हिजो मेटे

र आज फेरी लेख्दै छु

Share:

फुटकर कविता

_DSC2427

मुटुमा आगो बलेको छ 

तन र मन जलेको छ

सपना देख्ने यी जोसिला आँखा

तेसै आज गलेको छ

उदेश्य बोकि कुद्ने मन

आज एउटा कुनामा थलेको छ ||

Share:

मदहोश कल्पना

जिन्दगी त के रहेछ र
दुई दिनको कहानी,
हिजो बचपन भोलि वृद्द
आजको जवानी |
नदीमा पानी बगे झै
बग्दै छ यी पल आज, 
भोलि भेट होला नहोला
आजै खोल मनका राज |
मोति जस्तो कन्चन नयन तिम्रो
हिरा झैँ बहुमुल्य छ हासो,
तिम्रो रुपले बाध्यो मलाई
अब मलाई संसारको के चासो | 






Share:

When we were young (poem)









When we were kids       
we used to run,     
In the street
with balloons and gun,
Holding hands
holding hearts,
Eating berries
playing with mud,
Paper planes
and old socks balls,
that all
we had got.
Now we get tab and cell
but can't bring joy
like those old days were......



Share:

दुर्घटना, लकडाउन र Work From Home::

Sushil Poks

कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका हामी सरसफाई कार्यकर्ता मानिसका घर दैलो  नजिकबाट निहाली रहेका थियौ । स्कुल स्कुलमा यो बेला ससाना भाईबहिनीहरुलाई हात धुन सिकाई रहेका थियौ । गाउँपालिका स्तरीय WASH PLAN का निमित्त स्कुल, संघ- सस्थाको सरसफाई अवस्थाको record बनाउने, वाड स्तरीय कार्ययोजना पास गर्ने कामको चटारो छदै थियो । कमल गाउँपालिका वाड १ २ र ३ को कार्ययोजना चैत्र २ गते पास गरि ४ को पास गर्न चैत्र ३ गते TSF लिला आचार्य र लक्ष्मण पोखरेल सहित पालिका संयोजकको नाताले म पनि वाड कार्यालय पुगे । बैठक ४ बजे सम्म चल्यो र कार्ययोजना पास गरि हामी विदा भयौ ।

Share:

प्रेम प्रस्ताव

यो फगत आकर्षण होइन,
यो त दिलको कुरा सुनेर
मगजले लिएको निष्कर्ष हो ।।
सामाजिक संजालको भित्तामा
मित्रताको वर्ष दिन भन्ने मात्र होइन,
अलि पछि वर्ष गाठको शुभकामना सन्देश
मुहार पुस्तकको भित्तामा छाप्न चहान्छु ।।
तिमीलाई मात्र तिमीलाई,
मुटुका प्रेम रुपि कोठामा राख्न चहान्छु ।।
बीचमा आउने ठाकठुकलाई वार्ता गरि मिलाई,
अब आउने जिवनको हरेक पाईलाहरुमा
तिमी र तिम्रो साथ माग्न चहान्छु ।।

Share:

यात्री

खोज्दै छु म यो धर्तीमा आफ्नै अस्तित्व                       
के हो मेरो उदेश्य के हो मेरो दायित्व,
यता पछारिन्छु उता भौतारिन्छु
बग्दै छु म जिन्दगीमा सागरमा हराएको पानि बनि,
यात्री हु यात्रा मै छु दिन रातले साथ छोडछन केहि नभनी,
बस हराउछु म मेरा दिन भित्र आफै
रातका अँध्यारोमा आफुलाई पाउछु,
कोहि हुन् नहुन मेरा साथ
म एक्लै एक्लै जिन्दगीका गित गाउछु |





Share:

मैले नभुलेको सपना::

Mailenabhuleko sapanaधेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो | म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु | मानिसहरु बाल्यकालमा आफ्ना कलिला बच्चाहरुलाई तिमी ठुलो भएर डाक्टर, इन्जीनियर, पाइलट बन्नु पर्छ भनेर मार्गदर्शन गर्दछन | सायद सहि पनि हो आफ्ना नानीले सफलता चुमेको कसलाई हेर्न मन हुन् र,कालान्तरमा कतिका सपना पुरा हुन्छन कति वर्षायाममा भेलले बगाई लाने संरचना झैँ बगी जान्छन |कहिले डाक्टर त कहिले इन्जिनियर बन्ने कुनै बेला सेना त कहिले मन्त्री बन्ने सपना मैले ने देख्दै बचपन गुजारे | मध्यम वर्गीय परिवारमा जन्मिने बच्चाले एती सपना देख्न त् छुट हुन्छ नै सायद | समय बित्यो समय संगै जीवनका वसन्तहरु पनि खुड्किला चड्दै गए | कक्षा ८ मा पुगे पछी नयाँ सपना पलायो, कम्प्युटर इन्जिनियर हुने |

Share:
Powered by Blogger.

Labels

Literature (33) Poem (10) Information Technology (8) Photos (3) Videos (3) Aagyat (1)

Twitter Tweets::

Recent Posts::

Text Widget