• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

Showing posts with label Poem. Show all posts
Showing posts with label Poem. Show all posts

साथ


 सगै हिडेसी अलिअलि दुख नि होला,

सहन्छौ नि ?

कहिले हुरि आउला जिवनमा, कहिले झरी,

हावाको वेग सगैसगै बहन्छौ नि??

कहिले तिमि कहिले म,

अलिअलि त रिसाउला,

कहिलेकाही तिमी केही रिस मारेर भए नि

मलाई फकाउछौ नि??

Share:

"नभेटेको साथी"



ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ 

तर आज भोलि खै ऎनामा तिम्रो छाया देख्छु,

कापीमा केहि हरफहर लेखी रहदा

कति खेर हो एकहोरो भएर तिम्रो पो नाम लेख्छु,

यो पौषको भीषण चिसो रातमा बाहिरै बसि 

एक्लै एक्लै तिम्रो तस्बिर हेरेर यादहरु मेट्छु,

थहा छैन हाम्रो भेट होला नहोला

तर हरेक रात सपनामा वायुपंखी घोडामा चडेर 

ती चिया बगान छेउ तिमिलाई भेट्छु ।

Share:

बिउँझेको सपना

 


सुनसान मध्य तिर लम्किदै गरेको रात

घडिको सेकेन्ड सुईको टिकटिक आवाज

खटपटिएको शरीर,

अनि जोड जोडले ढड्किएको मन

न मन शान्त बस्न सकेको थियो न त तन ।

दिमाग भरी घुम्दै थियो भविष्य, प्रेम र 

खुल्ला आँखाले देखिरहेका अनेकौं सपना

२/४ वर्खा पछि त 

जिन्दगीले तीन दशक प्रहार गरेको हुनेछ ।

अनि यो प्रहार नै प्रहार खाएको जिन्दगीले जित्यो के?

सपना धरै छन तर किन्नलाई तेरो औकात खै त?

तेरो जिन्दगी यसै जाने हो त तेरा सपना नसमेटी ठुले?

आफै भित्रको म ले आफैलाई सोध्छु,

अनि त्यो कालो क्षितिज बाट मै आफै बोलेको सुन्छु

"आजलाई सुत भोलि बिहानै औकात पाउने ठाउँ खोज्न हिड्नु पर्छ" ।


Share:

गुमनाम शायरी

,

सायद म मा केही कमि थियो

साथी अलि टाढा भयो,

म भन्दा नि अरु कोहिको साथ

उसको लागि गाढा भयो,

मलाई एक्लै छोडेर हिडेको साथी

 पर पुगेर फर्की आयो,

र भन्न थाल्यो त नै होस मेरो सरल साथी 

त्यो त अलि छाडा भयो ।

Share:

जिन्दगीका छालहरु....

ocean_waves_album_cover

 

कहिले काहीँ पछाडि फर्केर नि हेर्छु जिन्दगीलाई,

अतितका ती दिन र भोगाईलाई,

वर्षामा आउने भेल जस्तै छ जिन्दगी,

के के बगाएर ल्याउछ र किनारमा छोडिदिन्छ ।

खुसी महसुस गर्दा गर्दै एकैछिनमा पुन रोएको छु,

आफ्नै आशुले पनि मुहार धोएको छु,

असफलताले खुट्टा तानेर पछारिएका पल,

जानिजानी जिन्दगीले मै संग गरेका छल,

काडा टेकेर हिड्दा पनि नथाकेका चाल

अनाहकमा बिते दिन महिना साल l

अब समाउने सहारा पाएको छु,

बल्ल आशाको दियो जिन्दगीको जलाएको छु,

हार्ने छैन्न अब यी गोडा आफ्नो मंजिल टेक्न,

अब यस्तो कठोर बनाउने छु स्वयमलाई,

कुनै ताकतले नसकोस मलाई छेक्न l

Share:

मनै मनमा माया………………

नभे9183c9bef0ab9e91c28cbacf73445393टे नि नदेखे नि
माया लाग्छ र ?
बोली तिम्रो हासो सुनेर
माया जाग्छ र ?

बासुरी झै तिम्रो बोली
बिछटै मनमोहित गराउने,
तस्वीर भित्रको तिम्रो नयन
मन्त्रमुग्ध बनाउने ।

सक्ने भए उडि जान्थे
समीप तिम्रो नै,
जुनि भरी रुमल्न पाउ
नजिक तिम्रो नै ।।

Share:

पुष्पक विमान……

pushpak_viman_by_subhankar_biswas-d2mh6ggबाल्यकालमा सुनेको त्यो पुष्पक विमान

उडनतस्करी र वायुपंखेका कहानी,

हिजो  भन्दा सुन्दर र सफल

कहाँ रहेछ र आज भोगेको जवानी,

आकाशमा उडेका जहाज हेर्दै

हात् हल्लाउदै हेलिकप्टर भनेका दिन,

ती पुराना याद र अमुल्य काल छिन,

निलो अम्बरमा सुन्दर पुष्पक उडाउने कल्पना,

आज भन्दा हिजोकै लागे सुन्दर मेरा ती सपना ||

 

 

Share:

लेख्दै मेट्दै अनि फेरी लेख्दै::

BR0Y9F

एकोहोरो भएको छु म आज

सपना देखौ त खै के देखौ

कृष्ण भीरको पहिरो जस्तै

कोशीको त्यो भेल भन्दा गहिरो

सुर्य ग्रहणको बेलाको अँध्यारो

जहाँ टेक्छु त्यहि चिरिन्छ

के मेरो हातको लकिर कच्चा नै हो त

अस्ति लेखे,  हिजो मेटे

र आज फेरी लेख्दै छु

Share:

"मेरा बा र उनका सपना"

                                                                                                                   

मेरो आँखा खुलाई सगै

सायद तिम्रो सपना बिउझिएको थियो,

मेरा कोमल हातले तिमिलाई छुदा

सायद तिम्रो आँखा रसाएको थियो |

जिम्मेवारी त छदै थिए अनेका तिम्रा

मेरो आगमनले अझ भारि थपेको थियो

तिम्रो न्यानो अंगालोमा निदाएका दिन याद छ मलाई,

 बालापनका ति अनेकौ कथा याद छ मलाई,

समयको चक्र सगै आज म ठुलो तिमी बुढो भएका छौ

सायद त्यो बाल्यकाल जस्तो सम्बन्ध छैन हाम्रो

न त आजकल तिम्रो कथा सुन्ने प्रयास गरेको छु

न त तिम्रो काखमा लुटुपुटु गर्न  खोज्या छु,

तर नि बाबा तिम्रो त्यो पुरानो सपनाको एउटा सपना छ

मेरा बा आमाको हरेको सपना पुरा गर्ने ||

Share:

You & Me::

UandME

 

Close your eyes when you'll feel fear

  I promise you'll find me there.

  in every trouble and in your dream

I'll stand with you as your team.

When you'll be in an unknown land

I will be with you to hold your hand.

even I don't know how much I care

I'll be ready for everything to share.

I won't say I'll give give you moon and the sun

but with me,you'll feel lots of fun.

I don't know how my love began

Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget