तर आज भोलि खै ऎनामा तिम्रो छाया देख्छु,
कापीमा केहि हरफहर लेखी रहदा
कति खेर हो एकहोरो भएर तिम्रो पो नाम लेख्छु,
यो पौषको भीषण चिसो रातमा बाहिरै बसि
एक्लै एक्लै तिम्रो तस्बिर हेरेर यादहरु मेट्छु,
थहा छैन हाम्रो भेट होला नहोला
तर हरेक रात सपनामा वायुपंखी घोडामा चडेर
ती चिया बगान छेउ तिमिलाई भेट्छु ।
No comments:
Post a Comment