मैले नभुलेको सपना::

Mailenabhuleko sapanaधेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो | म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु | मानिसहरु बाल्यकालमा आफ्ना कलिला बच्चाहरुलाई तिमी ठुलो भएर डाक्टर, इन्जीनियर, पाइलट बन्नु पर्छ भनेर मार्गदर्शन गर्दछन | सायद सहि पनि हो आफ्ना नानीले सफलता चुमेको कसलाई हेर्न मन हुन् र,कालान्तरमा कतिका सपना पुरा हुन्छन कति वर्षायाममा भेलले बगाई लाने संरचना झैँ बगी जान्छन |कहिले डाक्टर त कहिले इन्जिनियर बन्ने कुनै बेला सेना त कहिले मन्त्री बन्ने सपना मैले ने देख्दै बचपन गुजारे | मध्यम वर्गीय परिवारमा जन्मिने बच्चाले एती सपना देख्न त् छुट हुन्छ नै सायद | समय बित्यो समय संगै जीवनका वसन्तहरु पनि खुड्किला चड्दै गए | कक्षा ८ मा पुगे पछी नयाँ सपना पलायो, कम्प्युटर इन्जिनियर हुने |

बजारमा छिटफुट cyber cafe खुलेका थिए, घन्टाको २५ तिरेर चलाउन पाउने | छुट्टीको दिन दाजुभाई कम्प्युटर चलाउन अझ भन्नु पर्दा गमे खेल्न जाने गर्न थाल्यौ | ea cricket, gta vi-city, ea fifa जस्ता game खेल्नु र जान्नु नै त्यो बेलाको उपलब्धि थियो |yahoo messenger मा आफन्त संग video call गर्न सिकिदै थियौ  | bill gates र Microsoft का काहानी सुन्दै हामी नि तेस्तै धनी र सफल हुने सपना बुन्न थाल्यौ  | ९ कक्षामा सरले रेडियोमा स्कुलको प्रतिनिधित्व गर्दै बोल्न पठाउनु भयो |कार्यक्रमका दौरान के बन्ने सपना छ भन्दा कम्प्युटर इन्जिनियर नै भनियो | सपना थियो पुरा त गर्नु पर्यो, slc पछी सपना पछ्याउन science पढियो तर मेरो दुर्भाग्य math ले ११ मा नराम्री धोका दियो | अनि १२ मा biology तिर लागियो तर सपना नछोड्न extra math नि हानियो | तर जब ११ को result आयो तब त्यो बेला नढलेको धरहरा बाट फाले झैँ महसुस हुने नतिजा आयो | अनि त अन्य सपना हरायो बस एउटा सपना रहयो पास हुने | १२ को परिक्षा दिए त्यो राम्रै भयो तर ११ ले मलाई यसरी तान्यो कि मानौ भुमरीले पात पतिंगर लान्छ |हार मान्नु त थिएन तर जति गरे नि म अब यो जन्जिर बाट उमक्ने अवस्था नै बनेन, पढाई छोड्नु थिएन मलाई पढ्नु थियो तर अब मेरो सपना पुरा नहुने दिशा तर्फ जादै थियो | अब यसलाई छोडेर अर्को बाटो नलागी मेरो त जिन्दगि नै स्वाहा हुने अवस्था बन्न लागेको थियो | २/३ वर्ष खेर गइ सक्या थियो | सोचे मर्नु भन्दा बौलाह हुनु निको अनि education faculty join गरे | commerce option थियो तर account मैले स्कुलमा पढेको थिइन | त्यसैले education रोजे | केहि भएन भने पनि पढाएर त खान्छु भन्ने सोचे | मेजर विषय English रोजे | आमाले बेलैमा सल्लाह नदिनु भएको भए मेरो शैक्षिक योग्यता सायद तेही रोकिने थियो कि | फेरी सुरु भएको मेरो पढाई सायद अब पार लाग्ने मोड तिर गयो | Microsoft का Bill gates मात्र हैन अब Apple का Steve jobs नि मेरो प्रेरणाका स्रोत बनि सकेका थिए उनको "stay hungry, stay foolish" मेरो लागि जीवन जिउने मन्त्र बनेको थियो त्यो बेला |१२ राम्रो नम्बर ल्याएर पास गरे | अब पढ्नु थियो bachelor | मैले देखेको सपनाको पोको थन्केको मात्र थियो मिल्काएको थिइन मैले | मेरा काका घर छेउ कै कलेजमा काम गर्नु हुन्थियो र कलेजका चिफ सरले नि मलाई राम्रो चिन्नु हुन्थियो | सरले एक दिन अब education को bachelor मा मेजर विषय कम्प्युटर ल्याउन प्रयास गर्दै छौ भन्नु भयो |मेरो दिमागमा मात्र भएको भए त मेरो त्यो पुरानो सपना कतै मिल्कि सकेको हुने थियो होला, मनको एउटा कुनामा रहेको सपनाको पोको कहिले फालेको थिइन | तेसैलाई उठाए २/४ वर्षको धुलो टक्टकाए अनि सुरु भयो मेरो पुरानो सपनाको यात्रा | इन्जिनियर नभए नि पढाई त मेरो कम्प्युटर सगं सम्बन्धित थियो | साथीहरु नि सपना बोकेका पाए मलाई अधि बढ्न अझ हौसला मिल्यो | आज ४ वर्ष सकेर नतिजाको पर्खाईमा छु | कुनै बेला बाबाआमाले डिग्री गर्नु पर्छ तैले भनेको सम्झिन्छु र आज म त्यो डिग्री पढन एक पाइला मात्र पछी छु | म अरु भन्दा ढिलो गए तर आफ्नो सपना संगै छु | म यसैमा सन्तुष्ट छु | जीवनमा देखेको एउटा सपना तेही पछ्याउदै हिड्नुको मजा जुन छ त्यो मेरा विगतमा छुटेका वर्षहरु गुमाउदा मलाई धेरै पिडा छैन | सायद jobs को stay hungry stay foolish ले मलाई सपना दिखी राख्न झक्झकाउने काम गरि राख्यो| अन्त्यमा म फेरी भन्छु सपनाको भोक रहू अनि त्यो पुरा गर्न मुर्ख बन |  

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget