बिउँझेको सपना

 


सुनसान मध्य तिर लम्किदै गरेको रात

घडिको सेकेन्ड सुईको टिकटिक आवाज

खटपटिएको शरीर,

अनि जोड जोडले ढड्किएको मन

न मन शान्त बस्न सकेको थियो न त तन ।

दिमाग भरी घुम्दै थियो भविष्य, प्रेम र 

खुल्ला आँखाले देखिरहेका अनेकौं सपना

२/४ वर्खा पछि त 

जिन्दगीले तीन दशक प्रहार गरेको हुनेछ ।

अनि यो प्रहार नै प्रहार खाएको जिन्दगीले जित्यो के?

सपना धरै छन तर किन्नलाई तेरो औकात खै त?

तेरो जिन्दगी यसै जाने हो त तेरा सपना नसमेटी ठुले?

आफै भित्रको म ले आफैलाई सोध्छु,

अनि त्यो कालो क्षितिज बाट मै आफै बोलेको सुन्छु

"आजलाई सुत भोलि बिहानै औकात पाउने ठाउँ खोज्न हिड्नु पर्छ" ।


Share:

4 comments:

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget