दुर्घटना, लकडाउन र Work From Home::

Sushil Poks

कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका हामी सरसफाई कार्यकर्ता मानिसका घर दैलो  नजिकबाट निहाली रहेका थियौ । स्कुल स्कुलमा यो बेला ससाना भाईबहिनीहरुलाई हात धुन सिकाई रहेका थियौ । गाउँपालिका स्तरीय WASH PLAN का निमित्त स्कुल, संघ- सस्थाको सरसफाई अवस्थाको record बनाउने, वाड स्तरीय कार्ययोजना पास गर्ने कामको चटारो छदै थियो । कमल गाउँपालिका वाड १ २ र ३ को कार्ययोजना चैत्र २ गते पास गरि ४ को पास गर्न चैत्र ३ गते TSF लिला आचार्य र लक्ष्मण पोखरेल सहित पालिका संयोजकको नाताले म पनि वाड कार्यालय पुगे । बैठक ४ बजे सम्म चल्यो र कार्ययोजना पास गरि हामी विदा भयौ ।

अब ४ वटै वाडको पास भएको कार्ययोजना जिल्ला पठाउनु थियो ।एक प्रति वाडलाई दिएर म अरु दस्तावेज बोकी फर्किए । आउदा देखे स्कुटरको तेल त् रितिन्न आट्या छ । माथि पम्पमा हाल्न भनेर आए पम्पमा त तेल तान्ने machine लुगा ओडेर बसेको छ । भोलि पालिका जानु थियो तेल त जसरि नि चाहिने थियो । ३ किलो मिटर पर अर्को पम्प तिर लागे | पम्प छेउ पुगे तेल सकिएको थिएन | बाटो काट्न लाग्या थिए अगाडी tripper जोडले आएको थियो । अनि रोकेर side light बालेर पहेलो रेखा छेउ पर्खिए । tripper अलि पर पुगे  पछी handle येसो के घुमाएको थिए पछाडी बाट हुइकिएर आएको मोटरसाइकलले ड्याम्म हान्यो । पुलिस छेउ नै थिए, आइ पुगी हाले । भाइ licence देखाउ भने उठेर दिन खोजेको एउटा खुट्टा टेकिएन । जसोतसो दिए, ठक्कर दिने दाई लाई त् केहि भएन मेरो अरु केहि चोट थिएन तर खुट्टा टेकिएन | आमालाई फोन गरे traffic दाईले पुलिस बिट सम्म लानु भयो । अनि आमा र अरु आएर hospital पुर्याउनु भयो । x-ray र CT Scan गर्दा हड्डी फुट्या देखियो  तर घुडा सुनिएको ले तत्काल ओपेरेशन नहुने भयो । चैत्र ७ गते operation भयो, यो बीच थुप्रै आफन्त,सहकर्मी, साथीहरु भेट्न आउनु भयो | फोनमा र facebook मार्फत धेरै साथीहरुले स्वास्थलाभको कामना गर्नु भयो ।

यसै बीच कोरोना महामारी संसार भरि डडेलो जस्तै फैलियो । एसिया,युरोप हुदै अमेरिका प्रवेश गर्यो । अस्पतालको बेडमा सुतेर भएनी समाचार हेर्थे | कुन देशमा कति पुगे कहा असर थोरै छ आंकलन गर्ने गर्थे । अस्पतालका nurse हरु नि विचल्लित देखिन्थिए, एक जना मात्र कोरोना संक्रमित आए भने सारा अस्पतालमा फैलिने डर थियो । office बाट सरहरू फोन गरेर हालखबर सोधी रहनु हुन्थियो । अहिले कामको सुर्ता नलिनु rest गर्नु भन्नु हुन्थियो । सहकर्मी साथीहरु आफ्नातर्फबाट गरेका काम नि भन्नु हुन्थियो । SEE  परिक्षा स्थगित थियो नै, १० गते बेलुका ११ गते देखि lockdown हुने समाचार आयो । ११ गते बिहान doctor, nurse हरु दुखले आउनु भएछ । Operation को ५ दिन भएको थियो dressing मा आउनु भएका doctor ले घाउ बिगेर्को छैन घर जादा हुन्छ भन्नु भयो । lockdown का कारण doctor हरुमा पनि मनोवैज्ञानिक त्रास देख्न सकिन्थियो | ११ गते lockdown कै दिन मा डिस्चार्ज भएर फर्कीए ।

घर फर्किए सगै तनाव नि बढ्यो, सबै साथीहरु आआफ्नो स्थान बाट काम गर्नु हुदै थियो म भने मुढो ढले झैँ सुत्नु पर्ने अवस्था थियो | केहि दिन पछी हाम्रो team को video conference आयोजना भयो | सबैलाई देख्न पाउँदा र कुरा गर्न पाउदा मन दंग थियो । विनोद सर,सोम सर, अर्जुन सर अनि अन्य सबै साथीहरु सग अहिले भएका कामहरु सुन्न पाउदा मन खुसि थियो । ८/१० दिनको rest पछी अब field को काम गर्न खुट्टाले नदिए पनि घर बाटै प्राविधिक काम गर्न भने सक्ने अवस्थामा थिए | सरहरुले पठाउने भएका दस्तावेज गाउँपालिका प्रमुख र अधिकृत सर सम्म पुर्याउने काम, data entry गर्ने, स्वास्थ संस्थाको data collect गर्ने जस्ता कार्य lockdown कै बेला भए  नि  work from home को अवधारणा अन्तर्गत सबै साथीहरु गर्नु हुदै छ । अझ TSF साथीहरु त् हामी भन्दा धेरै सक्रिय भएर टोलटोलका मानिसहरु सग नियमित फोन सम्पर्कमा हुनुहुन्छ । lockdown को बेला साबुन पानीले हात धुने घर आँगन सफा राख्ने जस्ता कार्य अझ रफतारमा हुदैछन । नियमित रुपमा हुने video conference र सरहरुले दिनु हुने निर्देशनले हाम्रा कामहरु lockdownमा पनि निरन्तर चलिरहेको छ ।

दुर्घटनाले जीवनलाई हर्ने चस्मा फेरिदिदो रहेछ भन्ने आभाष यश पटक मैले पाए । आज महिनौ बित्यो तर मलाई मात्र हैन यो पटक सारा संसारलाई पिरोलेको छ, मलाई दुर्घटना ले संसारलाई रोगले| यस अवधिमा ज्यान गुमाउने सम्पूर्ण प्रति हार्दिक श्रदान्जली अर्पण गर्दछु ।

साबुन पानीले हात धुदै एक बालिका

फोहोर उठाउँदै पालिका कर्मचारी

Data entry को काम गर्दै

नियमित सम्पर्कमा साथीहरु

Share:

5 comments:

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget