कहिले काहीँ पछाडि फर्केर नि हेर्छु जिन्दगीलाई,
अतितका ती दिन र भोगाईलाई,
वर्षामा आउने भेल जस्तै छ जिन्दगी,
के के बगाएर ल्याउछ र किनारमा छोडिदिन्छ ।
खुसी महसुस गर्दा गर्दै एकैछिनमा पुन रोएको छु,
आफ्नै आशुले पनि मुहार धोएको छु,
असफलताले खुट्टा तानेर पछारिएका पल,
जानिजानी जिन्दगीले मै संग गरेका छल,
काडा टेकेर हिड्दा पनि नथाकेका चाल
अनाहकमा बिते दिन महिना साल l
अब समाउने सहारा पाएको छु,
बल्ल आशाको दियो जिन्दगीको जलाएको छु,
हार्ने छैन्न अब यी गोडा आफ्नो मंजिल टेक्न,
अब यस्तो कठोर बनाउने छु स्वयमलाई,
कुनै ताकतले नसकोस मलाई छेक्न l
No comments:
Post a Comment