पहराले थिचेर पट्ट फुट्न आटेको
मेरो यो छात्ती बोकेर
हिड्दै छु म भञ्ज्याङ्, उकाली
ओरालीका मोडहरु तर्दै
आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर
नयाँ जोस र सहास हृदयमा बोकेर
आफ्नो गन्तव्य को खोजीमा
चुली पहाड छिचोल्दै हिमालका शिखर नाग्दै
पुग्नु छ मलाई यी गगन चुम्बी हिमाल र ती
दिखी माथिका ती सुन्दर बस्तीमा
त्यो बस्ती जहाँ रोद्न पिडा हुन्न रे
दुख र अभाव बेहोर्नु पर्दैन रे
हो म त्यही गाउँ खोज्दै हिड्दै छु
हो म त्यही ठाँउ जान खोज्दै छु
जसलाई सबै स्वर्ग भन्दछ्न
No comments:
Post a Comment