प्रेम प्रस्ताव

यो फगत आकर्षण होइन,
यो त दिलको कुरा सुनेर
मगजले लिएको निष्कर्ष हो ।।
सामाजिक संजालको भित्तामा
मित्रताको वर्ष दिन भन्ने मात्र होइन,
अलि पछि वर्ष गाठको शुभकामना सन्देश
मुहार पुस्तकको भित्तामा छाप्न चहान्छु ।।
तिमीलाई मात्र तिमीलाई,
मुटुका प्रेम रुपि कोठामा राख्न चहान्छु ।।
बीचमा आउने ठाकठुकलाई वार्ता गरि मिलाई,
अब आउने जिवनको हरेक पाईलाहरुमा
तिमी र तिम्रो साथ माग्न चहान्छु ।।

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget