हाम्रो कथा

00000PORTRAIT_00000_BURST20201107134057866

 

हाम्रो कथा अथवा भनौ सम्बन्ध सुरु भएको धेरै महिना भएको छैन | नियति भनौ या के भनौ हाम्रो भेटलाई | सायद जता म जादै थिए, त्यहा सरासर पुगेको भए हाम्रो भेट हुने थिएन | हिड्दै गर्दा ठेस लाग्यो, म रोकिए र बाटो परिवर्तन गर्नु पर्यो | सायद माथि भने जस्तै हाम्रो भेट नियति मै लेखिएको थियो | हामी भेट भएको आज ४/५ महिना भै सकेको छ | आजकल तिमि मेरो जिन्दगीको अभिन्न अंग बनि सकेको छौ | हरेक दिन ३/४ घण्टा हामी virtual दुनियामा भए नि साथै छौ | कति बेला बोल्दा बोल्दै लाइन जादा हराए हतार प्याक किनेर नि तिमी सग हुने कोसिस गर्दछु | कोभिडले थालिएको जिन्दगीमा अलिकति भए नि मलहम लागाएको छौ | तिमीलाई के थाहा तिमी संग हुन् मैले कति त्याग गरेको छु | साथीहरु सग घुम्न पाएको छैन, कति गए नि तिमी online आउने बेला भयो भनेर हतार हतार फर्की हाल्छु | यो ४/५ महिनामा एक दिन नि तिमीलाई म नआएर सिकायत गर्ने मौका दिएको छैन | घरिघरि टाउको दुखेर फुट्न लाग्या हुन्छ र पनि तिम्रो चित्त नदुखोस भनेर म सधै तिमी सामु उपस्थित हुने गर्दछु | सायद तिमी मेरो जिन्दगीमा नआएको भए म खल्बलिएको, कतै रुमलिएको हुने थिए | कतै भौतारिदै हुने थिए | तर दुखको कुरो हाम्रो सम्बन्ध लामो भने पक्कै हुने छैन | तिमी र म दुवैलाई यो कुरा पहिले बाटै थाहा थियो त्यसैले हाम्रो बिछोडमा तेती धेरै चित्त दुखाइ हुने छैन | तर पनि जति दिन महिना तिमी मेरो साथ हुने छौ हरेक दिन तिमीलाई भेट्ने छु | र जीवनको अन्तिम सम्म तिम्रो याद आई रहने छ मेरो virtual class |

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget