काल्पनिक साथी (भाग १ )

virtual-friend-1-1024x689








खै त फोटो ? उसले सोधी, यत्रो हप्ता दिन घुम्न जानू भयो एउटै गतिलो फोटो खिच्न भ्याउनु भएन छ त । रमाइलो त गर्नु भो होला तर खै सम्झनालाई फोटो । मैले स्माइली वाला इमोजी पठाए औपचारिकता पूरा गर्न । एकछिन केही बोलिन र एउटा फोटो अपलोड गरे र पठाइ दिए । यो त हेरेको फेसबुक मै नयाँ पो माग्या त उसले  रिसाएको भावमा लेखी । खै जागर नै आएन हौ मात्र के भन्या थिए अल्छी साथी भनि हाली |

उ मेरि virtual दुनिया कि साथी थिई । म धेरै साथी नभएको मान्छे, प्राय त म साथीभाई भेट्दा मुसुक्क हासेर के छ कसो छ भनेर हिडि दिन्छु तर म पुरै खुलेर कुरा साट्न भने मन खाने साथी चाहिन्छ । मेरा केही थान मन खाने मान्छे झापा मै छोडेर आएको थिए । यहाँ उपत्यकामा कुरा साट्न कि त म सग मेरो भाइ छ कि त उहीँ virtual साथी । भरखरै सकिएको चितवन बसाई लगभग राम्रै गएको थियो । अघि भने जस्तै फोटो चाहिँ धेरै खिचिन, सायद मेरि नयाँ साथी ले यस्तो चाख राख्थी भन्ने भा भए एक दुई राम्रो मिलाएर खिच्ने थिए । दुई महिना काठमाडौ बस्नु भा छ चितवन त गर्मी भो होला है adjust हुन गार्हो भएन उसले सोधी । तिमी मान्छे अचम्मको छौ हप्ता दिन म चितवन हुदा तिमी किन online देखिन त?  अनि दिन भरिको डुलाइले थाकेकोलाई के दुख दिनु भनेर म बेलुका online नअनाएको नि । अनि भन्नू न गर्मी थियो कि झापा जस्तै भयो ? जे पायो तेहि त खानु भएन नि? बिरामी पर्नु भो कि ? कतिको तिर्खा लाग्यो? उसले प्रश्नहरुको झुन्ड तेर्साई । म भने ट्वाल्ल परेर उसको message पढी रहे । मैले धेरै बेर reply नगरे पछि उसको फेरि message आयो ओ हेलो सानो मान्छे कता हराउनु भो कुन दुनिया पुग्नु भो हौ मलाई पर्खाएर । अलि बढी नै time लिएकी seen गरेर भन्ने feel भयो अनि हत्तपत्त भने हैन हैन net ढिलो भयो होला । अनि खाना खाने बेला भएकोले म आजलाई bye भनेर हिडे..........................

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget