"मेरा बा र उनका सपना"

                                                                                                                   

मेरो आँखा खुलाई सगै

सायद तिम्रो सपना बिउझिएको थियो,

मेरा कोमल हातले तिमिलाई छुदा

सायद तिम्रो आँखा रसाएको थियो |

जिम्मेवारी त छदै थिए अनेका तिम्रा

मेरो आगमनले अझ भारि थपेको थियो

तिम्रो न्यानो अंगालोमा निदाएका दिन याद छ मलाई,

 बालापनका ति अनेकौ कथा याद छ मलाई,

समयको चक्र सगै आज म ठुलो तिमी बुढो भएका छौ

सायद त्यो बाल्यकाल जस्तो सम्बन्ध छैन हाम्रो

न त आजकल तिम्रो कथा सुन्ने प्रयास गरेको छु

न त तिम्रो काखमा लुटुपुटु गर्न  खोज्या छु,

तर नि बाबा तिम्रो त्यो पुरानो सपनाको एउटा सपना छ

मेरा बा आमाको हरेको सपना पुरा गर्ने ||

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget