• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

जिन्दगीका छालहरु....

ocean_waves_album_cover

 

कहिले काहीँ पछाडि फर्केर नि हेर्छु जिन्दगीलाई,

अतितका ती दिन र भोगाईलाई,

वर्षामा आउने भेल जस्तै छ जिन्दगी,

के के बगाएर ल्याउछ र किनारमा छोडिदिन्छ ।

खुसी महसुस गर्दा गर्दै एकैछिनमा पुन रोएको छु,

आफ्नै आशुले पनि मुहार धोएको छु,

असफलताले खुट्टा तानेर पछारिएका पल,

जानिजानी जिन्दगीले मै संग गरेका छल,

काडा टेकेर हिड्दा पनि नथाकेका चाल

अनाहकमा बिते दिन महिना साल l

अब समाउने सहारा पाएको छु,

बल्ल आशाको दियो जिन्दगीको जलाएको छु,

हार्ने छैन्न अब यी गोडा आफ्नो मंजिल टेक्न,

अब यस्तो कठोर बनाउने छु स्वयमलाई,

कुनै ताकतले नसकोस मलाई छेक्न l

Share:

मनै मनमा माया………………

नभे9183c9bef0ab9e91c28cbacf73445393टे नि नदेखे नि
माया लाग्छ र ?
बोली तिम्रो हासो सुनेर
माया जाग्छ र ?

बासुरी झै तिम्रो बोली
बिछटै मनमोहित गराउने,
तस्वीर भित्रको तिम्रो नयन
मन्त्रमुग्ध बनाउने ।

सक्ने भए उडि जान्थे
समीप तिम्रो नै,
जुनि भरी रुमल्न पाउ
नजिक तिम्रो नै ।।

Share:

पुष्पक विमान……

pushpak_viman_by_subhankar_biswas-d2mh6ggबाल्यकालमा सुनेको त्यो पुष्पक विमान

उडनतस्करी र वायुपंखेका कहानी,

हिजो  भन्दा सुन्दर र सफल

कहाँ रहेछ र आज भोगेको जवानी,

आकाशमा उडेका जहाज हेर्दै

हात् हल्लाउदै हेलिकप्टर भनेका दिन,

ती पुराना याद र अमुल्य काल छिन,

निलो अम्बरमा सुन्दर पुष्पक उडाउने कल्पना,

आज भन्दा हिजोकै लागे सुन्दर मेरा ती सपना ||

 

 

Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget