• दुर्घटना, लकडाउन र Work From Home::

    कुरा सुरु गरौ २०७६ को अन्तिम अन्तिम बाट, चीनमा कोरोनाले जनजीवन अस्तव्यस्त बनाउदै गर्दा छिमेकी नेपालमा त्रास नफैलिने कुरै भएन । अझ पूर्ण सरसफाई अभियानलाई साफल बनाउन खटिएका...

  • हिमाल माथिको गाउँ::

    पहराले थिचेर पट्ट फुट्न आटेको; मेरो यो छात्ती बोकेर; हिड्दै छु म भञ्ज्याङ्, उकाली; ओरालीका मोडहरु तर्दै; आफ्ना त्यही पुराना जोर खुट्टा टेकेर...

  • मैले नभुलेको सपना::

    धेरै समयको अन्तराल पछी केहि कोर्न मन लाग्यो । म न त नेपालीको विद्यार्थी हु न त साहित्यको नै, त्यसैले व्याकरण र लेखाई नमिलेमा क्षमाप्राथी छु । मानिसहरु बाल्यकालमा आफ्ना कलिला...

  • सालाबारीको रमाइलो::

    यो साथ २०१५ देखिको थियो । धुम्न त हामी केटाहरु हप्तै पछि नि जाने गर्थियौ अझै नि गर्छौ । तर क्याम्पस बाट हाम्रो पहिलो भ्रमण त्यो नि क्याम्पस सकिए पछि भएको थियो । ICT Batch का...

  • आमा

    सायद म हुन्न थिए तिमी बिना; तिमी बाटै सुरु हुन्छ मेरा भावना; सधै तिम्रै साथ पाउ गर्छु कामना; तिमीलाई धेरै-धेरै माया गर्छु मेरि आमा...

व्यवहारिक माया


म साधारण मान्छे,

तिमी साधारण मान्छे

हामीले माया लायौ,

एक हुने कसम खायौ ।

यो बेलाको माया केही अजिव छ,

देखाशिखी धेरै, थोरै मात्र सजिव छ ।

हामी अहिलेको जमाना भन्दा अलि भिन्न

व्यवहारिक माया गास्नु छ,

हाम्रा सपनाहरु सहज र सरल रुपका साच्नु छ ।

तिम्रा चालचलन मलाई निका लाग्छन,

तिम्रा अघि धेरै वाहिरी कुरा फिक्का लाग्छन ।

साधारण मान्छे तर असाधारण प्रेम

सहज अवतरण र सफल काहानी, 

हासी खुसी बिताउला बुढेसकाल र जवानी।।


Share:

धर्ती र चन्द्रमा


 म त्यो चन्द्रमा हु

जसले धर्ती नै मेरो सबथोक हो भनेर 

दिन रात उसैलाई हेरि बस्छु ।

र उ त्यही धर्ती हो जसलाई थहा छ,

मेरो वरिपरि चन्द्रमा घुम्छ 

उ एक्लो छ र मलाई नै खोज्छ भनेर

तर मेरि धर्ती मलाई त्यही छोडेर 

त्यो सुर्यको पछि मदहोस पारा मा घुम्छे ।

बिचरीलाई के थहा,

म एक मात्र पो उसको पछि घुम्छु

उसका सुर्यका पछि त अनेकौ उ जस्ता घर्ती घुमी रहेका छ्न। 

Share:

"नभेटेको साथी"



ऐनामा आफ्नै प्रतिबिम्ब देखिन्छ 

तर आज भोलि खै ऎनामा तिम्रो छाया देख्छु,

कापीमा केहि हरफहर लेखी रहदा

कति खेर हो एकहोरो भएर तिम्रो पो नाम लेख्छु,

यो पौषको भीषण चिसो रातमा बाहिरै बसि 

एक्लै एक्लै तिम्रो तस्बिर हेरेर यादहरु मेट्छु,

थहा छैन हाम्रो भेट होला नहोला

तर हरेक रात सपनामा वायुपंखी घोडामा चडेर 

ती चिया बगान छेउ तिमिलाई भेट्छु ।

Share:
Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget