दुखी आत्मा

तिमी थियौ हिजो सम्म
तेसैले पो मन खुसी थियो
तर आज हेर दैव ले
मेरा खुसी सारा फिर्ता लियो
थाहै नपाइ आफैले
यो जीवन आज शुन्य भो
हासेकै थिए हिजो सम्म
तिमी साथमा थियौ र पो
थिए गल्ती धेरै मेरा
सुधार्न लाई तिमी थियौ
मेरा दुख पिर चिन्ता
कति तिमी आफै ले लियौ
अब कोहि छैन्न बाकी
मेरो हात समाइ उठाउने
आफ्ना सारा खुसीहरु
मेरा निम्ति लुटाउने
महसुस हुदैछ आज
तिमी बिना जीवन अधुरो छ
जीवनका गल्ली बाटा
धेरै धेरै साघुरो छ

Share:

No comments:

Post a Comment

Powered by Blogger.

Twitter Tweets::

Recent Posts::

Text Widget